हाम्रो प्राथमिकता: दिगो विकास, सुशासन र समृद्ध घ्याङलेख

header AD
संक्षिप्त विवरण

नेपालको संविधान २०७२ बमोजिम नेपाल सरकारको स्थानीय तहहरूको पुन: संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई  बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागु गर्ने निर्णय गरे अनुसार मध्यमान्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अन्चलको मध्य भागमा अवस्थित सिन्धुली जिल्लाको ५० वटा साविकको गा.वि.स. हरू मध्ये साविकका गा.वि.स. हरू अमले, वस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गा.वि.स. हरूलाई समायोजन गरी घ्याङलेख गाउँपालिका गठन गरिएको हो । संघिय शासन प्रणाली अवलम्वन गर्ने संवैधानिक व्यवस्था अनुरूप ७ प्रदेशमा विभाजित नेपालको बागमती मा अवस्थित सिन्धुली जिल्लाको पश्चिमउत्तरमा घ्याङलेख गाउँपालिका पर्दछ । सिन्धुली जिल्लामा रहेका ९ वटा स्थानीय तह मध्ये २ वटा नगरपालिका र ७ वटा गाउँपालिका अन्तर्गत पर्दछ । घ्याङलेख गाउँपालिकाको कार्यालय हायुटार, सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली बजारबाट ३५ कि.मि. र सिन्धुली जिल्ला हुँदै जाने वि.पि. राजमार्गको पिपल भन्ज्याङबाट २२ कि.मि. को दूरीमा अवस्थित रहेको छ । यस गाउँपालिकामा ५ वटा वडा रहेका छन् । यस गाउँपालिकाको जम्मा कूल क्षेत्रफल १६६.७७ वर्ग कि.मि. रहेको छ । यस गाउँपालिकाको वडा नं. १ अमले अन्तर्गत घ्याङलेख गाउँपालिकाको सबभन्दा अग्लो चुचुरो महाभारत तथा फापरचुली समुन्द्री किनाराबाट २१०० मिटर उचाईमा पर्दछ । उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावा पानी पाईने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाईन्छ । काष्ठ र प्रकाष्ठ दुबै खाले वनस्पतिको उपलब्धता यस क्षेत्रको वनजंगलको विशेषता रहेको छ । यस गाउँपालिकाको जम्मा घरधुरी २४५७ र जम्मा जनसंख्या १३७६१ मध्ये पुरूष ६४७१ र महिला ७२९० रहेका छन्।

आधारभूत जानकारी
Bagmati
Sindhuli
गाउँपालिका
166.77 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 13761
Male 6471
Female 7290
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website -

Coordinates: 85.812452° N, 27.322342° E