FAQs Complain Problems

आ. व. २०७९।०८० को अवलोकन भ्रमण

मिति २०८०।०१।१५ गते देखि २०८०।०१।१९ गते सम्मको घ्याङलेख गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरुको अवलोकन भ्रमण सौरहा, लुम्बिनि, रानीमहल पाल्पा, वालिङ नगरपालिका स्याङ्जा, पोखरा, गोरखा दरबार र मनकानासम्मको यात्रा गरी हिजो समापन भएको छ । अवलोकन भ्रमणका क्रममा अन्य पालिकाहरुमा भएका विकास निर्माणहरुको प्रतिवेदन सहितको सुक्ष्म अवलोकन गरियो । यसै क्रममा भव्य स्वागत सहित सुशासन र विकास निर्माण सम्बन्धी अन्रतक्रिया कार्यक्रम सौहार्दपूर्ण ढंगले सम्पन्न गरिदिएकोमा वालिङ नगरपालिका स्याङ्जा परिवार र विशेष गरी नगर उपप्रमुख कविता गैह्रेज्यूलाई घ्याङलेख गाउँपालिका धन्यवाद व्यक्त गर्न चाहन्छ । समग्र अवलोकन पछि घ्याङलेखमा पनि दृढ संकल्पका साथ गर्न सके विकासका प्रचुर सम्भावनाहरु रहेको निष्कर्शका साथ आ. व. २०७९।०८० को अवलोकन भ्रमन समापन गरियो ।

आर्थिक वर्ष: