श्रमको सम्मान, राष्ट्रको अभियान" भन्ने मूल नाराका साथ घ्याङलेख गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा आज मिति २०८३ जेठ २ गते एक दिवसीय श्रमदान सरसफाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।स्थानीय वातावरणलाई स्वच्छ,सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ सञ्चालित यस अभियान अन्तर्गत आज गाउँपालिकाका विभिन्न महत्त्वपूर्ण सार्वजनिक स्थलहरूमा सरसफाई गरिएको छ।यस प्रशंसनीय र सामूहिक कार्यमा सक्रियताका साथ सहभागी भई श्रमदान गर्नुहुने जनप्रतिनिधिहरू,राष्ट्रसेवक कर्मचारीहरू,सुरक्षाकर्मीहरू,स्थानीय भद्र–भलाद्मी, बुद्धिजीवी, व्यवसायी तथा आम सर्वसाधारण नागरिकहरूमा घ्याङलेख गाउँपालिका हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ।