FAQs Complain Problems

घ्याङलेखमा प्र. जि. अ. लाई स्वागत र राहात बितरण

आज मिति २०७९ चैत्र  २२ गते प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई घ्याङलेख गाउँपालिकामा स्वागत गरियो । अध्यक्षज्यू, उपाध्यक्षज्यू र नि. प्रमुख प्रशासकीय अधिकृत सरले उहाँलाई स्वागत गर्नुभएको थियो । साथै घ्याङलेख गाउँपालिकाको वडा नं. २ स्थित सिट्टारमा गत साता बिद्युत सट भई आगालागि हुन गई पूर्ण रुपमा क्षति भएको डम्बर बहादुर वाइबाको घर स्थलगत अबलोकन गर्नु भई उहाँले निजलाई राहात स्वरुप रु. ४५०००/- रुपैयाँ वितरण गर्नु भयो । जस्मा बागमती प्रदेशको तर्फबाट विपद्को लागि राहातको रुपमा पहिलो पटक रु. २००००/- र जिल्ला विपद् व्यवस्थापन कोषबाट रु. २५०००/- रहेको थियो ।  यसै क्रममा  प्रमुख जिल्ला अधिकारीज्यू र घ्याङलेख गाउँपालिकाका अध्यक्षज्यूले मन्तव्य राख्नुहुँदै घटना प्रति दु:ख ब्यक्त गर्नु भएको थियो । 

आर्थिक वर्ष:

//