नेपाल सरकारको वि. सं. २०८७ सम्ममा सबै स्थानीय तहहरुलाई पोषणमैत्री स्थानीय तह घोषणा गरिसक्ने योजना अनुरुप बागमती प्रदेशको पहिलो क्लस्टरमा परेको घ्याङलेख गाउँपालिकाले अर्को वर्ष वडा नम्बर १ र २ लाई पोषणमैत्री वडा घोषणा गर्ने गरी काम गर्ने प्रतिवद्धताका साथ आज दोश्रो दिन पोषणमैत्री स्थानीय शासन सम्बन्धी सरोकारवालाहरूलाई अभिमुखिकरण कार्यक्रम समापन गरियो ।