घ्याङलेख गाउँपालिकाको आयोजनामा मिति २०८२ फागुन १ देखि ३ गते सम्म सञ्चालन हुने "तीन दिवसीय आधारभूत तहका स्वास्थ्य विषय अध्यापन गराउने शिक्षकहरुका लागि वाद्यवादन सिप विकास अन्तर्गत मादल बजाउने आधारभूत तालिम" आज मिति २०८२।११।०१ गते बाट घ्याङलेख गाउँपालिकाको सभाहलमा सुरु भएको छ। उद्घाटन कार्यक्रमको अध्यक्षता भाषा संस्कृति स्थानीय संगीत ललितकला संरक्षण विकास समितिका अध्यक्ष श्री जनक स्याङतान ज्यूले गर्नु भएको थियो।
