"सुशासन -समृद्धि र विकासको परिकल्पना स्थानीय सरकारको आधार"
घ्याङलेख गाउँपालिकाको आर्थिक सहयोग तथा वरुवा सेवा प्रा.लि. त्रि.न.पा. ११,उदयपुरको व्यवस्थापनमा मिति २०८२।०२।३० देखि ३१ गते सम्म सञ्चालित स्थानीय तहको जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकास तथा सकरात्कम सोच अभिवृद्धि तालिम-२०८२ भव्य रुपमा सम्पन्न भएको छ । दुई दिने तालिममा घ्याङलेख गाउँपालिकाका कर्मचारी एवं जनप्रतिनिधिहरुलाई नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. कृष्णहरि बास्कोटा र प्रसिद्ध Motivational speaker डा. तारा प्रसाद गिरिले प्रशिक्षण दिनु भएको थियो । यस तालिममा घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन,उपाध्यक्ष श्री शंकरमान घलान,प्रमुख प्रशासकिय अधिकृत श्री दाताराम प्याकुरेल,घ्याङलेख गाउँपालिकाका जनप्रतिनिधिहरु,कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।