FAQs Complain Problems

सूचना तथा समाचार

परिचय : घ्याङलेख गाउँपालिका

नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारको स्थानीय तहहरूको पुन: संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई  बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागु गर्ने निर्णय गरे अनुसार मध्यमान्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अन्चलको मध्य भागमा अवस्थित सिन्धुली जिल्लाको ५० वटा साविकको गा.वि.स. हरू मध्ये साविकका गा.वि.स. हरू अमले, वस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गा.वि.स. हरूलाई समायोजन गरी घ्याङलेख गाउँपालिका गठन गरिएको हो । संघिय शासन प्रणाली अवलम्वन गर्ने संवैधानिक व्यवस्था अनुरूप ७ प्रदेशमा विभाजित नेपालको प्रदेश नं. ३ मा अवस्थित सिन्धुली जिल्लाको पश्चिमउत्तरमा घ्याङलेख गाउँपालिका पर्दछ । सिन्धुली जिल्लामा रहेका ९ वटा स्थानीय तह मध्ये २ वटा नगरपालिका र ७ वटा गाउँपालिका अन्तर्गत पर्दछ । घ्याङलेख गाउँपालिकाको कार्यालय सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली बजारबाट ३५ कि.मि. र सिन्धुली जिल्ला हुँदै जाने वि.पि. राजमार्गको पिपल भन्ज्याङबाट २२ कि.मि. को दूरीमा अवस्थित रहेको छ ।

 

घ्याङलेख गाउँपालिकाको भिडियो बृत्तचित्र

राष्ट्रीय धान दिवस २०७५

“धान उत्पादनमा बृद्धि, राष्ट्रको सम्बृद्धि” मूल नाराका साथ घ्याङलेख गाउँपालिकाले २०७५ आषाढ १५ गते १५ औं राष्ट्रीय धान दिवस २०७५ मनाएको केहि तस्वीरहरू । उक्त रोपाँईमा घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यूले धानको बीऊलाई ढोग्दै उदघाटन गर्नु भएको थियो ।

पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम सम्पन्न

याङलेख गाउँपालिकाको आयोजनामा मिति २०७५/०३/१३ गतेका दिन “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ घ्याङलेख गाउँपालिकालाई “पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम” सम्पन्न भयो ।

सामाजिक परिचालक नियुक्तीको जानकारी सम्बन्धमा

यस घ्याङलेख गाउँपालिकाको मिति २०७४/१२/१९ को निर्णय अनुसार तपशिलका सामाजिक परिचालकहरूलाई यस गाउँपालिकाको तपशिल बमोजिमका वडाहरूमा काम काज गर्ने गरि सेवा करारमा नियुक्ती दिईएको जानकारी गरिन्छ ।

Pages

//