आज मिति २०८३।०३।१० गते बुधबारको दिन घ्याङलेख गाउँपालिकाको गाउँ सभाको १९ औँ अधिवेशन,घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन ज्यूको अध्यक्षतामा र घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,गाउँसभा सदस्यहरु,घ्याङलेख गाउँपालिकाका कर्मचारीहरु लगायतको उपस्थितिमा सम्पन्न भयो । उपाध्यक्ष श्री शंकरमान घलान ज्यूले आगामी आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो । गाउँ सभाको १९ औँ अधिवेशनको अवसरमा गाउँपालिकाले बिभिन्न १५ विधामा कर्मचारीहरु एवं बिभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । साथै गाउँपालिकाले "घ्याङलेखको छहारी शिक्षित छोरी बुहारी" कार्यक्रम अन्तरगत १५ जना स्नातक वा स्नातकोत्तर तह अध्ययानरत छोरी बुहारीहरुलाई प्रोत्साहन स्वरुप प्रदान गर्दै आईरहेको रकम सहित सम्मान गरेको छ ।