FAQs Complain Problems

हायुटार सरसफाई अभियान सफलताकासाथ सम्पन्न

आज मिति २०७७ साल भाद्र १९ गतेका दिन घ्याङलेख गाउँपालिकाको आयोजनामा "ग्रीन घ्याङलेख र क्लीन घ्याङलेख" भन्ने मूल अभियानका साथ जनप्रतिनिधिज्यूहरु, कर्मचारीहरु, शिक्षक, प्रहरी प्रशासन, स्वास्थ्य कर्मीहरु र स्थानीय बासिन्दाहरुको उत्साहजनक उपस्थितिमा वडा नं. २ को स्वास्थ्य चौकी, मा. वि. हायुटार, नेपाल एसबिआई बैंक शाखा कार्यालयको चोक, वडा नं. २ को कार्यालय र केराघारी टोल हुँदै घ्याङलेख गाउँपालिकाको कार्यालयसम्म सरसफाई गर्ने कार्यक्रम सफलताका साथ सम्पन्न गरियो । साथै यस अभियानमा सहभागि सम्पूर्ण महानुभावहरुलाई आगामि दिनहरुमा पनि सरसफाई अभियानमा सहभागिताको अपेक्षा राख्दै घ्याङलेख गाउँपालिका यहाँहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छ । 

भिडियो हेर्नका लागि :
YouTube Link: https://youtu.be/bsXVlQgSrbM

आर्थिक वर्ष: