नेपाल सरकारको आ.व. २०७५/०७६ को वार्षिक कार्यक्रम अनुसार श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले हालै सुरुवात गरेको प्रधानमन्त्रि रोजगार कार्यक्रम कार्यन्वयनको लागि वेवसाईट www.pmep.gov.np मा प्रकाशित सूचना बमोजिम आ.व. २०७६/०७७ मा स्थानीय तह मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्युनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार ब्यक्तिहरुले २०७५ चैत्र मसान्त भित्र आफूले स्थायी रुपले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बेरोजगार ब्यक्तिको सूचीमा सूचिकृत हुन निवेदन दिने ब्यवस्था भएकोले यस गाउँपालिका भित्र स्थायी रुपले बसोबास गर्ने इच्छुक ब्यक्तिले सम्बन्धित वडा कार्यालयबाट निवेदन फारम प्राप्त गरी आ–आफ्नो वडाबाट निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    
